काठमाडौं,
पौष ५ ।
देशका विभिन्न शहरलगायत विदेशमा सफल ईभेन्ट, फेशन शोलगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ ।
नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवम् नयाँ शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा यो पटक फेशन पारखीहरुको हव बन्दै गएको पूर्वान्चलकै उत्कृष्ट तथा राष्ट्रिय स्तरका चर्चित मोडलहरु छनौटगरी बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो आयोजना हुन लागेको जानकारी प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन ।
पौषको अन्तिम साता बिराटनगरको हुन लागेको उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि ईटहरीको त्रियुगा होटलमा पौष ७ गते, बिराटनगरको द व्यन्जन फुडल्याण्डमा पौष ८ गते, बिर्तामोडको हवी सुइमिङ्ग कम्पलेक्स एण्ड रेडमगमा पौष ९ गते, दमकको कन्चन ट्रेडर्समा पौष १० गते र धरानको फ्रेण्डस गार्डेनमा पौष ११ गते अडिसन राखिएको छ ।
र्याम्प शो तथा आफ्नो प्रस्तुती दिन ईच्छुक युवा तथा युवतीले आफुलाई पायक पर्ने स्थानमा तोकिएको मितीमा आइ अडिसन दिन सकिने बताइएको छ । मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट वन्चित र यस क्षेत्रको वारेमा विभिन्न जानकारी हासीलगरी व्यबसायिक रुपमा मोडल बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने पूर्वाञ्चलकै लोकप्रिय एवम् चर्चित गायक श्रीकृष्ण लुईटेल, बोके दाह्रीले बताए ।
उक्त फेशन शो को लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।
छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक बस्नेतले बताइन । नेपालकै चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा एक हप्ते निःशुल्क तालिम हुने उक्त शोमा नेपालका चर्चित गायक गायिका, लोकप्रिय हांस्य कलाकारहरुबाट मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।
तीन वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवम् आकर्षक प्रस्तुती दिनेछन ।
थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवम् आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले पूर्वान्चलमा रहेर मोडलिङ क्षेत्रमा सक्रिय मोडलहरुको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ । साथै यस शो मा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई फेबु्रीमा थाईलैण्डको बैंककमा हुन लागेको अन्तर्राष्ट्रिय फेशन शोमा सहभागी गराईने जानकारी प्याजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले बताए ।






