पीम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिवल शुरु, किरण र फूनुरुलाई सम्मान

काठमाडौं,
पौष ३ ।

पीम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिवल २०१८को शुभारम्भ गरिएको छ । फेस्टिवलको सोमबार राजधानीको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन वोर्डको सभाहलमा एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो ।

नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको चार दिने डकुमेन्ट्री फिल्म महोत्सवको पूर्व उपरास्ट्रपति परमान्नद झाले गरेका थिए । उनले कार्यक्रमम सफलताको शुभकामना दिदै ठुलो पर्दामा देखिने चलचित्रहरु भन्दा डकुमेन्ट्रिहरु बढी मार्मिक र मर्मस्पर्षि कुराहरु प्रस्तुत गरिन्छ र समाजमा भए गरेका कुराहरुलाई अगाडी ल्याउने सम्पुर्ण मेकरहरुलाई देश र जनताले सदैव अनुशरण गर्ने बताए । सकारात्मक सोचले बनाएका डकुमेन्ट्रीले पक्कै पनि सकारात्मक सन्देश दिदै समाजमा सकारात्मक सोचको विकाश हुने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, गीतकार शान्तिप्रिय, पत्रकार भरत बम्जन, गीता अधिकारी, निर्देशक मोहन निरौला, निर्देशक माधवराज खरेल, नायक श्रीदेव भट्टराई, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्तलगायत सञ्चारकर्मी, समाजसेवी तथा चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मोफसल तथा समाज सेवाका क्षेत्रमा योगदान पुर्याएका पत्रकार किरण अधिकारी र समाजसेवी फूनुरु शेर्पालाई सम्मान गरिएको थियो । नेपाली पत्रकारिता तथा समाजसेवाको क्षेत्रको बृहत्तर बिकासको लागि पु¥याएको योगदानको समेत कदर गर्दै अधिकारी र शेर्पालाई पीम नेपाल पत्रकारिता र सेवा सम्मान २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमला जोशीले बताए ।

बिगत लामो समय देखि मोफसलमा रहेर पनि नेपाली कला सङ्गीत र चलचित्र क्षेत्रको बिकास बिस्तार अनि नयाँ कलाकारको खोजि गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिएको भन्दै पत्रकार किरण अधिकारी सम्मानित गरिएको थियो । पत्रकार अधिकारी सुन्दरादेबी सन्देश साप्ताहिकको प्रकाशक, सुन्दरादेबीन्युज डट कामको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अधय्क्ष समेत रहेका छन् ।

पौष ५ गते समापन हुने यो महोत्सवमा पौष ३ गते विहान ११ बजे देखि बेलुका ५ बजे सम्म विभिन्न विधामा बनेका डकुमेन्ट्री तथा सर्टफिल्महरु प्रदर्शन गरिने छ, पौष ४ गते नेपाल पर्यटन वर्ष २०२०लाई सफल पार्न सरकारी तथा गैरसरकारी पक्षबाट गर्न सकिने पहल र प्रयासको विषयलाई समेटेर कार्यशाला गोष्ठि गरिने छ भने पौष ५ गते दिउसो २ बजे उत्कृष्ट डकुमेन्ट्री तथा सर्टफिल्महरुलाई पुरस्कृत गर्दै महोत्सव समारोह समापन गरिने अध्यक्ष जोशीले बताईन् ।

यसमा तपाइको मत

अन्य समाचार