‘शुभारम्भ’ बिमोचित

काठमाडौं,
पौष १ ।

एल्बम ‘शुभारम्भ’ बिमोचन गरिएको छ । गायक तथा सङ्गीतकार शसी घिमीरे र गीतकार लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’को शनिबार राजधानीमा एक कार्यक्रमबीच बिमोचन गरिएको हो ।

बरिष्ट लोक गायक कुमार बस्नेत, सूर्य थुलुङ, बरिष्ट गीतकार डा. कृष्णहरि बराल, गायक–सङ्गीतकार नरहरि प्रेमी, सञ्चारकर्मी/अभिनेता भोलादीप तिमिल्सिनालगायतकाले संयुक्त रुपमा बिमोचन गरे ।

हिमालयन पिक्चर्सको आयोजनामा सम्पन्न कार्यक्रममा गायक शसीले लामो समयको अभ्यासपछि अहिले आएर आफ्ना गीतलाई एल्बम आकारमा परिणत गर्न पाएकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, रचनाकार लक्ष्मीले आफूले सानैदेखि गीत रचना गर्ने गरेको भए पनि एल्बमका रुपमा भने शुभारम्भबाट नै आरम्भ गरेको बताइन् ।

शुभारम्भका सबै गीत उत्तिकै सुमधुर रहेको गीतकार डा. बरालले समीक्षा गरे । उनले लक्ष्मीको रचना र शसीको गायनमा निकै तालमेल मिलेको समेत बताए । गायक नरहरिले शुभारम्भमा समाबेश प्रत्येक गीतको भावार्थ प्रस्तुत गर्दै लक्ष्मीको रचनाशिल्पी र शसीको गायन कलाको तारिफ गरेका थिए ।

कार्यक्रममा एल्बममा समाबेश सपनीमा डुल्छ्यौ तिमी बोलको गीतको भिडियो प्रदर्शन गरिएको थियो । नारायण ओलीको सङ्गीत रहेको सो गीतको भिडियोमा महाबिर बिश्वकर्मा, आस्मा घिमिरे र कृष्णराज तिमल्सिनाले अभिनय गरेका छन् । भोलादीप तिमिल्सिनाले निर्देशन गरेको सो भिडियो रोहित बिक्रम कार्कीले खिचेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार