भीमफेदी गाइज र सृष्टि खडका फिचर ‘लाल्टिन बालेर’ सार्बजनिक

काठमाडौं,
मंसिर २९ ।

भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिन बालेर’ सार्बजनिक भएको छ । अम्बिका गुरुङको शब्द, कोशिस छेत्रीको सङ्गीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर सुन्न सकिन्छ । अम्बिका लामो समय देखि गीत लेखनमा निकै सक्रिय छिन ।

रोमान्टिक शैलीको गीतको भिडियो समेत उतिकै उत्कृष्ट बनेको छ । निसान कस्यप घिमिरेले निर्देशन गरेको भिडीयोलाई कमेडी रोमान्टिक शैलीमा तयार पारिएको छ । फर्पिंगमा खिचिएको म्युजिक भिडीयोलार्इ उत्सब दाहालले खिचेका हुन् ।भिडीयोमा सन्तोस लामाको मेकअफ, भीमफेदी गाइजको करियोग्राफी र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार