काठमाडौं,
मंसिर २८ ।
चलचित्रत्र ‘प्रेमलीला’को दोस्रो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको ‘मिस गरेँ’ सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा नायिका दिपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड छन् । डा. कृष्णहरी बरालको शब्द, हरी लम्सालको सङ्गीत, युवराज चौलागाई र मेलिना राईको स्वर रहेको गीतमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
दीपशिखा खड्का र मौसम खड्कासँगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको यो चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेका छ ।
नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । सुनिल मानन्धरले वितरण गर्न लागेको यो चलचित्र माघ २५ देशभरका सिनेमाघरमा आउँदै छ ।






