काठमाडौं,
मंसिर २७ ।
केही समय पहिले ‘रङ्गमञ्च भो मेरो जीवन….’ बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेका गायक, सङ्गीतकार हरिदत्त फुलाराले अर्को ‘सँगैसँगै हिडे पनि नजिकिन सक्दिन म…’ स्रोता/दर्शकमाझ ल्याएका छन् ।
सुबाष चन्द्र ढुंगेलको शब्द, हरिदत्त फुलारा र संगिता प्रधान रानाको स्वर रहेको गीतको लिप्सिङ भिडियो स्रोता/दर्शकमाझ आएको हो । हरि लम्सालको एरेञ्जर, प्रमोद प्रसाईको निर्देशन रहेको गीतलाई हर्टविटले निर्माण गरेको हो ।






