काठमाडौं,
मंसिर २५ ।
एपिक म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच अवार्डमा उत्कृष्ट पाँच भित्र पर्न सफल स्रष्टालाई नोमिनेसनको प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गगन थापाको समेत सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रम एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत एपिक नेपालका सदस्य गोकर्ण लामिछानेले गरेका थिए ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता भुवन श्रेष्ठ, निर्देशक मोहन निरौला, सञ्चारकर्मी विजयरत्न तुलाधर, निर्माता विधान शाह, महिला उध्यमी उमा श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपालकी उपाध्यक्ष गीता अधिकारी, सङ्गीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, प्रेस युनियन नुवाकोटका अध्यक्ष किरण अधिकारी, निर्देशक बविता श्रेष्ठलगायतक अतिथी रहेका थिए ।
उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरु टिभी टुडेका रमेश बस्नेत, एविसी टेलिभिजनका विनोद विश्वकर्मा, कान्तिपुर साप्ताहिकका कृष्ण भटटराई, नेपाल समाचार पत्रका विदुर गिरी, कान्तिपुर दैनिकका शुशिल पौडेल, बरिष्ट पत्रकार विजयरत्न तुलाधर, अन्नपूर्ण पोष्ट दैनिकका अनन्त बाग्ले, नयाँ पत्रिकाका लक्ष्मण सुवेदी र फिल्मी खबर साप्ताहिककी गीता अधिकारीलाई अवार्ड समारोहमा सम्मान गरिने पनि घोषणा गरिएको थियो ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ यो अवार्ड आगामी माघ ५ गते काठमाडौंमा विशेष समारोहकाबीच हुने अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने जनाइएको छ । मौलिक गीतहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय गीत, दशैँ गीत, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । कार्यक्रमलाई सफल बनाउनको लागी एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठ, कार्यक्रम निर्देशक राजेन्द्र पुरी, सदस्य ओम श्रेष्ठ , कार्यालय प्रमुख चिरन्जीवी ढकाल, सदस्य सरोज गिरी, सचिव गोकर्ण लामीछाने, मिडिया कोर्डिनेटर रोशन पोखरेल, सदस्य पुस्कर अर्याललगायतको उल्लेखनीय भुमिका रहेको थियो । कार्यक्रमको सञ्चालन निराजन भण्डारीले गरेका थिए ।






