जनमत सङ्ग्रह मार्फत हिुन्दूराष्ट्र-शशांक कोइराला

चितवन,
मंसिर २४ ।

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनमत सङ्ग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने बताएका छन् ।
चितवनको भरतपुर गणेशधाम निर्माणार्थका आयोजित वृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनमत सङ्ग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए ।

‘मेरो व्यक्ति चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत सङ्ग्रह गराएर घोषणा गर्नुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए । नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्म स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे ।
मंसिर २२ गतेदेखि सुरु भएको वृहत धनधान्याचल महायज्ञमा मंसिर २९ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार