काठमाडौं,
मंसिर २३ ।
चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीको दरबारमार्गको राईजिङ मलस्थित क्युज चलचित्र भवनमा आयोजित कार्यक्रममा चलचित्रको ‘नाच माया…’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गायक हेमन्त रानाको स्वर रहेको गीत उनकै जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । हर्क साउदको शब्द, सुशान्त गौतमको सङ्गीत रहेको गीतमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंह लगायतको अभिनय गीतमा देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=XSurIJbKv9Q
आगामी १५ चैत प्रदर्शन मिति घोषणा गरिएको चलचित्र रामबाबु गुरुङको कथा रनिर्देशन रहको चलचित्रलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर बनाएका हुन् ।
जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गौरव, मेनुका, दयाहाङ र केनिपा, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा विशाल गुरुङ र मोहन थापा निर्माता रहेका छन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको सङ्गीत, शैलेन्द्र डी. कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।






