एकल साँझमा गुञ्जिए दुर्गा गुरुङ

काठमाडौं,
मंसिर २३ ।

साङ्गीतिक क्षेत्रमा आएको रजत वर्ष पुगेको अवसरमा कौरा किङ दुर्गा गुरुङ एकल गायन कार्यक्रममार्फत  एकल साँझमा गुञ्जिएका छन् । शनिबार राष्ट्रिय नाचघरमा आयोजित दुर्गा गुरुङ एकल साँझ २०७५ मार्फत उनी आफ्ना लोकप्रिय कौरा (चुट्का) झोरा, लोकपप गीतका साथ प्रस्तुत भएका थिए ।

तमु (गुरुङ) समाज तनहुँको आयोजनामा सम्पन्न एकल साँझमा गायक दुर्गाले प्रत्यक्ष वाद्यवादनमा १ दर्जन बढी गीत प्रस्तुत गरेका थिए । उनले कार्यक्रममको आरम्भमा खैमु लोसर बोलको गुरुङ गीत गाएर आउँदै गरेको लोसारलाई स्वागत लगरेका थिए भने त्यसपश्चात, हे कानछी, साली भेना, सोलुु जुब्रुको, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढुंगाको बजारैमाजस्ता आफुनो लोकप्रिय कौरा गीतका साथमा रोदी बस्न आउँछ रे भन्दिनु जस्ता लोकपप, आयो मैना गयो मैनाजस्ता झोरा गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै उनले १३ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा बेल्जियममा रहेकी श्रीमती नन्दशोभा गुरुङको सम्झनामा रोधी बस्न आउँछ रे भन्दिनु यानी मायालाई बोलको गीत प्रस्तुत गरेका थिए । सर्जक तथा सङ्गीतकार रेशम गुरुङको साथमा दुर्गालाई गायनमा लोकदोहोरी गायकगायिका भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथ्वी गुरुङ, रिदम थापा, राज गुरुङ, राजु गुरुङ, प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिएका थिए ।

खचाखच दर्शकहरुको विचमा करिब ३ घन्टासम्म चलेको एकल साँझमा दुर्गालाई प्रत्यक्ष वाद्यवादनको लागि किबोर्डमा दुर्गा बहादुर गुरुङ, बाँसुरीमा धनबहादुर गुरुङ, सारंगीमा कमल विश्वकर्मा र बुकुन गन्धर्व, रीदम गीटारमा दिपेन्द्र गुरुङ, बेस गीटारमा दीपक थापा, प्याट्रममा धर्म गुरुङ, हार्मोनियममा कृष्ण गुरुङ तथा खैजेडीमा मनाङ गुरुङ, गणेश गुरुङ, पृथ्वी, गुरुङ, विक्रम गुरुङ, प्रेम गुरुङ, चौबहादुर गुरुङ, पोषन घर्ती मगर र पारसमणी सुवेदीले साथ दिएका थिए भने कार्यक्रमको संयोजक शोभा गुरुङ रहेकी थिईन् ।

कार्यक्रमका प्रमूख अतिथिसांसद कृष्णकुमार श्रेष्ठ किसनले आफुलाई कौरा गीत असाध्यै मन पर्ने भन्दै सरकारबाट प्राप्तहुने एक महिनाको पारीश्रमीक दुर्गा गुरुङको कार्यक्रमलाई सहयोग गर्ने घोषणा गरे। एकल साँझका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेको र करिव १० लाख रुपियाँ संकलन भएको गायक दुर्गा गुरुङले बताए। खर्च काटेर बाँकी रकम चुट्का गीतको संरक्षणको लागि कोषमा जम्मा गर्नेछौ दुर्गाले बताए ।

यसमा तपाइको मत

अन्य समाचार