टप ३० मा श्रृङ्खला

काठमाडौं,
मंसिर १८ ।

श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप ३० मा प्रवेश गरेकी छिन् । सोमबार भएको मल्टिमिडिया अवार्ड श्रृङ्खलाले जितिन र मिस वर्ल्डको आफ्नो यात्रा एक कदम अगाडि बढाइन् । उनले भिडियो मार्फत आफ्नो खुसी साटेकी छन् ।

उनले तयार पारेको भिडियोले मल्टिमिडिया अवार्ड जित्यो र उनी टप ३० मा पुगिन् । मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टोरिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।

श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गरेपछि नेपालको लागि खुसीको खबर भन्दै समाजिक सञ्जालमा उनलाइ बधार्इ दिनेको होड चलेको छ । यसअघि श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भएकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार