अमेरिकामा गुन्जनको ‘माया कस्तो लाएँ’ (भिडियोसहित)

काठमाडौं,
मंसिर १५ ।

अमेरिकामा बस्दै आएकी गुन्जन उपाध्यायलाइ गायनमा खुबै रुचि छ । सानै देखि साङ्गीतिक माहोलमा रमाउदै आएकि गुन्जनले बाल्यकालमा धेरै गीत, भजन गाइन र केही गीत रेकर्ड पनि गरिन् । उनले भर्खरै ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

रेकर्डिङदेखि म्युजिक भिडियो छायाँकन र सम्पादन सबै अमेरिकामा नै गरिएको यो गीतलार्इ गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने सङ्गीत पनि उनकै हो ।

https://www.youtube.com/watch?v=7MUsMHEd_wQ

नेपालमा रहँदा बिभिन्न बिधालयमा सङ्गीत गुरु भएर काम गरिसकेका नेपालले अमेरिकामा पनि नेपाली गीत सङ्गीत, सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत सङ्गीत, वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सङ्गीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् ।

सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्गको अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार