जन्मदिनको अवसरमा ‘झुम झुम’ लिएर आए बादल

काठमाडौं,
मंसिर १४ ।

गीतकार तथा सङ्गीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसरमा पृथक शैलीको रोमाण्टिक गीत ‘झुम झुम’ बजारमा ल्याएका छन् ।

म्युजिक खबर पत्रिकाको कार्यलयमा आफ्नो जन्मदिन मनाउने क्रममा सङ्गीतकार लक्ष्मण शेष , दीपक शर्मा, पत्रकार एवम् गीतकार सुमन पण्डितलगायतले उनको गीतको अडियो सार्वजनिक गरेका हुन् ।

https://www.youtube.com/watch?time_continue=85&v=JtC5qMP-Pgg

टिपिकल नेपाली शब्दहरू प्रयोग गरेर लोक मेलोडीमा तयार पारिएको गीतमा गायिका मिना निरौला, गायक गोपाल ज्ञवाली र बादल घिमिरेको स्वर सुन्न सकिन्छ । बादल घिमिरेको शब्द र सङ्गीत रहेको गीतमा ‘झुम झुम’ शाहस शाक्यको एरेन्ज रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार