काठमाडौं,
मंसिर ११ ।
चलचित्र म्हेन्दूका नायक भोला दीप तिमल्सिनाको अभिनय रहेको आधुनिक गीत ुछाडी नजाउुको भिडियो सार्वजनिक भएको छ । गायक सम कामोदको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा मथुरा श्रेष्ठको संगीत रहेको छ । गायक कमोदको आफ्नै सब्द रहेको गीतको भिडियोलाई प्रिन्सेस एन्जलले निर्देशन गरेकी हुन् ।
हिमालयन पिक्चर्स प्रा.लि.ले निर्माण गरेको भिडियोमा म्हेन्दू नायक भोला दीपसँगै मोडल एल्जिना मगरको अभिनय रहेको छ । सन्तोष लिम्बुले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् ।
कुलतमा फसेको केटाको प्रेम चाह र प्रेम पश्चातको उसमा आएका परिबर्तनका पाटालाइ भिडियोमा आकर्सक रुपमा उठान गरिएको छ । हाल सम्पूर्ण छयाँकन सकी सम्पादनमा रहेको फिल्म म्हेन्दू आगामी चैतमा प्रदर्शनमा आउने तयारीमा छ ।
अर्जुन प्रसाद डोटेलको निर्माण म्हेन्दूको अहिले विभिन्न देशहरुमा च्यारिटी शो गर्ने तयारि हुदै छ । यसै भिडियो मार्फत गायिका प्रिन्सेस एन्जलले निर्देशनमा हात हालेकी हुन् ।






