काठमाडौं,
मङ्सिर ३ ।
सौन्दर्य प्रतियोगिता सुपर प्लस साईज मोडेल नेपाल हुँने भएको छ । सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने संस्था मोडेल सङ्स नेपाल सुपर प्लस साईज मोडेल नेपाल २०१९ सौन्दर्य प्रतिस्प्रधाको आयोजना गर्ने भएको हो ।
मोडेल सङ्स नेपालका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतका अनुसार यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन ।
यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको मोडेल सङ्स नेपाल प्रतियोगितामा भाग लिनको लागि १६ देखि ४५ बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ ।
प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।






