काठमाडौं,
मङ्सिर २ ।
गीतकार डा.डी.आर उपाध्याय को ‘प्रतिनाद साङ्गीतिक साँझ २०७५’मार्फत एकल गाएनका साथ गुन्जिने भएका छन् । राजधानीमा पत्रकार भेटघाट आयोजना गरी उनले ९ मङ्सिरमा आफ्नो एकल साँझ आयोजना हुन लागेको बताए ।
‘डा. डीआर उपाध्याय प्रतिनाद साङ्गीतिक साँझ २०७५’ मा आफ्ना गीतहरू विभिन्न कलाकारले प्रस्तुत गर्ने पनि उनले बताए । काठमाडौंको राष्ट्रिय नाचघरमा हुने यो कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ५१ हजार रुपैयाँसहित अभिनन्दन पनि गरिने भएको छ ।
अभिनन्दनसँगै डीआरका सात साङ्गीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन् । एकल साङ्गीतिक साँझका लागि सङ्गीतकार राजु सिंहको संयोजनमा अहिले विभिन्न कलाकारहरूले गायन अभ्यास गरिरहेको पनि उपाध्यायले जानकारी गराए ।






