सोनाको ‘म त खुल्ला छु…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
मङ्सिर २ ।

सोना अमात्यको स्वरमा रहेको नयाँ गीत ‘म त खुल्ला छु…’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=6gzoYq03ZH0

गायिका सोनाले नै अभिनय गरेको भिडियोमा उनकै जीवन संघर्ष देखाइएको छ । क्रियटिभ कन्सेप्ट मेकिङ, मोडल्रिङ, गायनलगायत क्षमताकी धनी सोनाले हालसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी छिन् ‘म त खुल्ला छु’ मा नेपालका बिभिन्न मनोरमस्थलका दृश्या कैद गरिएको छ । ज्ञानेन्द्र शर्माको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई विवेकसिंह ठकुरीले निर्देशन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार