काठमाडौं,
कार्तिक ३० ।
खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो…’ सार्वजनिक भएको छ । बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बिबाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गिस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् । गायका खुमन र गायिका गायत्रीलाई भिडियोमा देख्न सकिन्छ ।
https://youtu.be/tdPlfeNghY0
नृत्यका लागि थुप्रै कोरस कलाकार समेत प्रयोग गरिएको भिडियोमा एक केटाले बिबाह समारोहमा केटी पट्याउन गरेको सङ्घर्ष कथाको रुपमा प्रस्तुत छ । मुनाल शिशिरले निर्देशन गरेको गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ ।






