साइकोलोजिकल थ्रिलर सर्ट मुभी दैउसी भैलो सार्वजनिक

काठमाडौं,
कार्तिक २९ ।

साइकोलोजिकल थ्रिलर सर्ट मुभी दैउसी भैलो सार्वजनिक भएको छ । सुर्दशन चौधरी, वर्षा चौधरी, इशा चौधरी, सार्थक चौधरी र आरुषी परियारलाई फिचर्ड गरिएको सर्ट मुभी दैउसी भैलो सार्वजनिक भएको हो ।

प्रोडक्सन म्यानेजर ध्रुव चौधरी, एक्जुकेटिभ निर्माता अशोक गुरुङ रहेको यो सर्ट मुभीलाई भीमा गुरुङले निर्माण गरेकी हुन् ।सुरज गुरुङ र युवराज चौधरीको लाइट रहेको यो सर्ट मुभीमा प्रेमा गुरुङ मेकपअ आर्टिष्ट रहेकी छन् ।

मुभीको कन्सेप्ट, सम्पादन, क्यामेरा र निर्देशन भिभियन गुरुङको रहेको छ । भिभियन चलचित्र रामकुमारीका निर्माता र कलाकार हुन् । उनले छिट्टै नयाँ चलचित्र निर्माण गर्न लागेको बताए ।

यसमा तपाइको मत

अन्य समाचार