काठमाडौं,
कार्तिक २९ ।
बिनु शाक्य र बिशाल थापा अभिनित ‘प्रतिबिम्ब तिम्रो’ सार्वजनिक भएको छ । संगीता राना प्रधानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा बिनु र बिशालले अनस्क्रिन रोमान्स गरेका छन् । गीतको भिडियो उत्कृष्ट बनेको छ ।
मिरा गजुरेलको शब्द रचना र सङ्गीत तथा सङ्गीत संयोजन हरी लम्सालको रहेको गीतको भिडियो सुवास प्रधानको निर्देशनमा तयार भएको हो । राम कुमार केसीको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।






