काठमाडौं,
कार्तिक २८ ।
चलचित्र हिमालकी रानीको च्यारिटी शो सम्पन्न भएको छ । बालाजु स्थित अष्टनारायण हलमा च्यारिटी शो सम्पन्न भएको हो । संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिएको उक्त च्यारिटी शो पश्चात देशका प्रमुख शहर तथा विदेशमा प्रदर्शन हुने छ । राजनीतिक दलका नेता, चलचित्रका कलाकारहरु, विशिष्ट व्यक्तित्व एवम् दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
करीब ५० जना अभिभावकविहिन बालबालिकालाई लामो समयदेखि आश्रय दिएर समाजसेवामा उल्लेख्य योगदान दिए बापत थुप्रै अवार्ड एवम् सम्मानित भएका संयुक्त एकता आवाज केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले सञ्चालन गरेका केन्द्रको ब्राण्ड एम्बेसडर तथा सल्लाहकार समेत रहेकी नायिका एवम् समाजसेवी शान्ता तामाङ्गको प्रमुख एवम् सशक्त भूमिका रहेको चलचित्रमा सभ्य समाज निर्माण तथा रुपान्तरणको निमित्त राजनितिक क्रान्ती साथै श्रृजनात्मक कला, साहित्यको उतिकै भूमिका हुने भएकोले चलचित्र मार्फत धादिङ्ग, नुवाकोट तथा रसुवा जिल्लाका तामाङ तथा घले समुदायको वास्तविक संस्कार एवम् परिवेशलाई चित्रण गरिएको छ ।
तामाङ समुदायको लोपोन्मुख संस्कार एवम् संस्कृतिको संरक्षणका निमित्त निर्माण गरिएकोले चलचित्रलाई दर्शकले रुचाएको र खुलेर सवैले प्रशंसा गरेको नायिका शान्ताले बताईन ।
लाप्साङ्गकार्पो म्युजिक सेन्टरको तेस्रो प्रस्तुती रहेको चलचित्र हिमालकी रानीमा शान्ताका अलावा कलाकारहरु विजय लामा, प्रदीप फ्यूवा, कान्छा लामा, मर्नेन तामाङ, कमल तामाङ, प्रकाश तामाङ, कुईसेङ्ग रुम्बा, जयविर तामाङ, लक्ष्मी घिसिङ्ग, जिवी घले, सोप्यत तामाङ, महेन्द्र तामाङ, सिंह बहादुर तामाङलगायतको अभिनय रहेको छ, भने चलचित्रको लेखन तथा निर्देशन रोशन फ्यूबा तामाङले गरेका छन ।
कमल तामाङ, सुनानी तामाङ तथा प्रशंस फुयूबा निर्माता रहेको चलचित्रको छायांकन प्रकाश तामाङ तथा रोशन फ्यूबाले गरेका छन भने चलचित्रमा समावेश गीतहरु यस अघिनै चर्चामा रहेको थियो ।
लामो समयदेखि मनोरन्जन क्षेत्रमा क्रियाशिल नायिका एवम् समाजसेवी शान्ता महिला अधिकार तथा समानताका निमित्त लागी पर्दै आइरेहेकी छिन ।
क्रिष्टल सब रेमिट, क्रिष्टल ट्राभल्स ,ललित मनि ट्रान्सफर तथा एसके ईन्टरटेनमेन्टको सञ्चालक समेत रहेकी नायिका पेशाले एक सफल महिला ब्यवसायी समेत हुन ।
मिसेज नेपाल आईकनकी विजेता एवम् जुम्बा क्वीन २०१४ तथा मेन्दोमायाको संस्थापक समेत रहेकी शान्ता आफू उक्त प्रतियोगीता विजेता पश्चात ईभेन्ट व्यबस्थापनमा समेत सक्रिय रहदै आएकी छिन ।
विशेषगरि तामाङ तथा मंगोल जातीका संस्कार,संस्कृति तथा रितिरिवाजको संरक्षण एवम् प्रवद्र्धनका निमित्त मिसेस तामाङ, मिसेस गुरुङ जस्ता प्रतियोगिता आयोजना गरि बहुप्रतिभा धनीका रुपमा समेत पहिचान बनाएकी नायिका शान्ताले हालै मात्र दुवईमा आयोजना भएको मोडल सङ्स अवार्डको सर्वोत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएकी थिईन ।






