प्रविनको ‘आज सवै…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक १६ ।

प्रविन शाहीको स्वरमा रहेको ‘आज सवै…’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा स्व. बाबुराम रिमालको शब्द, गौरव शर्माको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एकदशक पछि साङ्गीतिक फाँटमा पुनरागमन गरेका प्रविनको गीतमा प्रमोद परियारले एरेन्जर गरेका छन् । सुभाष प्रधानको निर्देशन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, प्रेम लामाले छायांकन गरेका हुन भने भिडियोमा मोडल विशाल थापा र मनिसा सापकोटाको अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गायक प्रविन शाहीले प्रत्यक्ष रुपमा दर्शक माझ गीत गाएका थिए ।

कार्यक्रममा गीतकार सुभाषचन्द्र ढुंगेल, रमेशप्रसाद कोईराला, राजेशमान के.सी., कपिल कस्पालको उपस्थिति रहेको थियो । त्यसैगरी पुराना गायक एवम् क्लासीक एफ.एम.का संस्थापक प्रस्तोता मुकुन्द खड्का माईक, गायक एवम् गीतारिष्ट ज्योति घिमिरे , गायक एवम् गीतारिष्ट पेम्बा लेप्चाको उपस्थीती रहेको थियो । अतिथिहरुले गायक प्रविन शाहीलाई पुनः गायन क्षेत्रमा सक्रिय हुन लागेकोमा बधाई दिएका थिए ।

प्रविनले २०५१ सालमा शहिदको सपना बोलको पहिलो गीत रेर्कड गराएका थिए । समाज शास्त्रमा स्नातकोतरसम्म अध्ययन गरेका प्रविनले कलानिधि सङ्गीत महाविद्यालय पटनाबाट चार वर्ष शास्त्रिय सङ्गीत गायनमा अध्ययन गरेकाछन् ।

भक्तपुरका प्रविन भक्तपुर साङ्गीतिक समाजको संस्थापक अध्यक्ष समेत हुन । कार्यक्रममा अब निरन्तर सङ्गीतमा लागेर आफ्नो साङ्गीतिक जीवनलाई अगाडी बढाउने उनले प्रतिवद्धता जनाए ।

यसमा तपाइको मत

अन्य समाचार