‘प्रेम नाथ’को छायाँकन सम्पन्न

काठमाडौं,
कार्तिक १६ ।

अभिनेता गणेश बेल्वासेको निर्देशनमा डेब्यु चलचित्र ‘प्रेम नाथ’को छायाँकन सकिएको छ । क्लाइमेक्स भव्य रुपमा छायाँकन गर्दै चलचित्र सकिएको निर्देशक वेल्बासेले बताए ।

लुम्बिनीमा खिचिएको क्लाइमेक्समा हेलिकोप्टर र थुप्रै स्टनका पाटाहरु प्रयोग गरिएको छ । क्लाइमेक्सलाई मात्र ३० लाख खर्च गरिएको निर्देशक वेल्बासेले बताए । ‘चलचित्र राम्रो हुनुमा क्लाइमेक्सको भूमिका महत्वपुर्ण हुन्छ’ वेल्बासेले भने, ‘त्यसैले क्लाइमेक्स हेलिकोप्टरलगायत धेरै कुरामा खर्च गरेर खिचिएको हो ।’

कपिलवस्तु, दाङ, रोल्पा लगायतका जिल्लामा छायाँकन भएको चलचित्रमा कृति गौतम, नीर शाह, गणेश वेल्वासे, सुरवीर पण्डित, कमल गाउँले, राज थापा, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिमाललगायतको अभिनय रहेको छ । निर्देशक वेल्लवासे ‘प्रेम नाथ’मा मुख्य खलनायकको रुपमा देखिनेछन् ।

‘प्रेमनाथ’ नेपाल र भारतमा रिलिज हुनेछ । आगामी जेठतिर रिलिज हुने चलचित्र वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् । भारतमा वितरणको जिम्मा भने वर्चस्व इन्फ्राटेक प्रा.लि.का उमेश सिंहले लिएका छन् । चलचित्रको कार्यकारी निर्माता कपिलप्रसाद द्वा हुन् ।

‘उहिले बाजेको पालामा’ निर्माण गरेका वेल्वासेको यो निर्माणमा दोस्रो चलचित्र हो । चलचित्रका सह-निर्माता बसन्तराज भट्ट हुन् । भरत क्षेत्रीको द्वन्द्व, सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले सङ्गीत रहेको चलचित्रमा नृत्य रजिन पाठकको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार