काठमाडौं,
कार्तिक १६ ।
तिहारलाई लक्षित गरेर देउसी भैलो गीत बजारमा आएको छ । जय देवकोटा, टिका पुन र पूर्णकला विसीको स्वरमा रहेको देउसी भैलो गीत सार्वजनिक भएको हो । जयकै सङ्गीत बिष्णुजंग शाहको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
बबिता श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा जय देबकोटा, रिना थापा, रुविना अधिकारी, एलिना रायमाझी, बीर बि बोहोरा, सुधा देवकोटा, सामना देवकोटालगायतका कलाकारहरु देखिएका छन् । राजेश घिमिरे र विरेन्द्र भाटको छायाँकन रहेको गीतको भिडियोलाई अभिनास डिसीले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=7SeYF4tcZ1s&feature=youtu.be&fbclid=IwAR2ZHJpGjPcr2Ru8uQtIgEvzOC-YM-s8juAksjVqf59MKbseDGm90yr1r3o






