काठमाडौं,
कार्तिक १२ ।
नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले लोकतन्त्रको दुरुपयोग गदै मुलुकमा छाडापन हाबी भएको बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले आईतबार राजधानीमा आयोजना गरेको स्थानिय निकायहरु प्रमुख तथा उपप्रमुखको सम्मेलनलाई सम्बोधन गदै यस्तो बताएका हुन् ।
नेता नेपालले स्थानिय तहमा भष्ट्रचार बढ्दै गएको तर्फ ईगीत गदै यसबाट जोगिन जनप्रतिनिधीहरुलाई आग्रह गरे । उनले जनताको समस्या पहिचान गरि त्यसको समाधानमा आग्रह गदै समाजलाई एकताबद्ध बनाउन सकल्प लिए असम्भब नरहेको बताए ।
नेता नेपालले निकट भबिश्यमा नेपालमा एशिया प्यासपिक सम्मेलन हुन लागेको बताउदै सो सम्मेलमा ७० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा पूर्व प्रमुखहरुको सहभागिता रहने त्यसले नेपालको प्रतिष्ठा बढाउने र नेपालले प्राप्त गरेको उपलब्धी बिश्वमा फैलाउन महत्वपूर्ण फोरम भएको उल्लेख गदै त्यसलाई सफल बनाउन जनप्रतिनिधीहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रमा नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सात बटै प्रदेशमा स्थानिय निकायहरुको सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको भन्दै यसबाट जनप्रतिनिधिहरुलाई आफनो नगरको बिकासमा थप जिम्मेबार भएर लाग्न प्रोत्साहित गरेको बताए । नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिन यो कार्यक्रम फलदायी हुने बताए ।
काठमाडौं महानगरपालिकाका प्रमुख बिध्या सुन्दर शाक्यले शान्ति बिना दिगो बिकास सम्भव नभएको उल्लेख गदै जनप्रतिनिधीहरु र कर्मचारीहरुको बुझाई फरक रहेकाले जनताको चाहाना अनुसार काम हुन नसकेको जानकारी दिए ।
अधिवत्ता गोबिन्द शर्मा बन्दी संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तै गरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे । जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एवम् पारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘ शान्तिका लागि नगर प्रमुखहरू अन्तर्राष्ट्रिय सङ्गठन (IAMP) स्थापना गर्ने विषयमा ऐक्यबद्धता जनाएका थिए ।
सम्मेलनको आयोजना संयुक्त राष्ट्र संघमा आवद्ध संस्थायुनिर्भसल पीस फेडेरेसन (UPF) र सांसदहरूको अन्तर्राष्ट्रिय मञ्च (IAPP)ले संयुक्त रुपमा गरेका थिए । दुई सयभन्दा बढी स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुको भेलामा गायक आन्नद कार्कीले साङ्गीतिक प्रस्तुति दिएका थिए ।






