घनबहादुर थापाको ‘नबिर्स’ सार्वजनिक

काठमाडौं,
कार्तिक १० ।

गीतकार घनबहादुर थापाको गीति एल्बम ‘नबिर्स’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच लामो समय देखि युके बस्दै आएका गीतकार थापाको चौथो एल्बम ‘नबिर्स’ सार्वजनिक भएको हो ।

बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाज रहेको यस गीति एल्बममा गायक कार्कीलाई गायिका अन्जु पन्त, सबिना कार्की तथा निखिता थापाले साथ् दिएका छन् स्वरमा ।

सात वटा गीत रहेको गीति एल्बम ‘नबिर्स’मा शक्ति बल्लभ, शिखर सन्तोष, दीपक शर्मा, अर्जुन पोखरेल, राजन राज सिवाकोटी र तारा प्रकाश लिम्बुले सङ्गीत भरेका छन् ।

बीएफबीस रेडियोमा प्रमुख अथिति गीताकर संघका अधक्ष्य चुडामणि देबकोटा अथितिहरु सङ्गीतकार शक्ति बल्लभ, एनटीभी प्लसका प्रमुख तथा सञ्चारकर्मी मनोहरि थापा, बरिष्ट गायक आनन्द कार्की, सङ्गीतकार शिखर सन्तोष, समाजसेवी तथा गीतकार प्रकाश कुमार थापालगायतका व्यक्तित्वहरुको उपस्थितिमा एल्बमको बिमोचन गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार