ललितपुर
कार्तिक ९ ।
गायिका तथा नायिका सारिका घिमिरेले मनोरोगीसँग आफ्नो जन्मदिन मनाएकी छन् । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीसँग उनले शुक्रबार आफ्नो जन्मदिन मनाएकी हुन् ।
उनले त्यहाँ रहेका ३५ जना मनोरोगी र ७ जना बालबालिकालाई खाना खुवाएर र लता कपडाका साथै खाद्य सामाग्री प्रदान गरेर आफ्नो जन्मदिन मनाएकी छन् ।
नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ । ८ बर्षदेखी सञ्चालन मा आएको नेपाल स्नेही काखमा अहिले ३५ जना महिला र ७ जना बालबालिका आश्रित छन् । सबैको स्यार शुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।

आफ्नै पहल र विभिन्न व्यक्तित्वहरुको सहयोग आफूले सडकबाट मनोरोगीहरुलाई ल्याएर संरक्षण र औषधोउपचार गर्दै आएको संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले बताइन । श्री नेहा मोडल तथा कलाकार हुन, उनि पछिल्लो समय सडकमा भएका मनोरोगीहरुको उदारमा लागेकी छन् ।
सारिका घिमिरेले मोडल तथा नायिका हुँदै गायिकाको रुपमा आफ्नो उचाईलाई थप अग्ल्याएकी छन् । मिलापको तर्फबाट नायिका तथा गायिका सारिका घिमिरेलाई जन्मदिनको धेरै धेरै शुभकामना ।






