पेजेण्ट डाइरेक्टर निशु झा सम्मानित

काठमाडौं,
कार्तिक ६ ।

सौन्दर्य प्रतियोगिताहरुलाई बिस्वस्तरिय बनाउने, सौन्दर्य ब्यबसायीकर्मीहरुको क्षमता अभिबृदी गर्ने तथा उनीहरुलाई ब्यबसायिक बनाउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउन लामो समय देखि योगदान पुर्याउदै आएका पेजेण्ट डाइरेक्टर निशु झा सौन्दर्य प्रतियोगिताको माध्यम मार्फत मुलुकलाइ आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रमा बिशेष योगदान पुर्याउदै आएका व्यक्तित्वको रुपमा मुलुकभर परिचित छन् ।

उनको यहि योगदानको उच्च मुल्याङ्कन गर्दै तथा नेपाली कलाकारिता क्षेत्रलाई पुर्याएको बिसेष योगदानको कदर स्वरुप शिखर नेपालले उनलाई सम्माननिय पुर्ब राष्ट्रपति रामबरण यादबको हात बाट शिखर सम्मान ( २०७५ बाट सम्मानित गरेको छ । लामो समयदेखी नेपालमा सौन्दर्य प्रतियोगिता मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुको प्रतिभाहरुलाई प्रस्फुटन गर्न पुर्याएको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिएको हो ।

पेजेण्ट डाइरेक्टर झाको निर्देशनमा बालबालिका, युवा, युवती र विवाहित महिलाहरुसँग सम्बन्धी सौन्दर्य प्रतियोगिता हुँदै आएको छ । रिबन इन्टरनेटमेन्ट र स्टार वन इन्टरनेटमेन्टका इभेन्ट निर्देशक रहेका झा नेपालमा राम्रो सौन्दर्य प्रतियोगिता गर्ने व्यक्तिमा पर्दछन् ।

यसमा तपाइको मत

अन्य समाचार