शुभकामना साझसँगै सम्मान

नुवाकोट,
आश्विन २८ ।

नुवाकोटमा दशैँ म्युजिक धमका हुने भएको छ । श्रीचण्डी मनकामना युवा क्लब बुद्धसिङ्ग–४ तारकेश्वर नुवाकोटको आयोजनामा दशैँ म्युजिक धमका हुने भएको हो ।

उत्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान अनि पत्रकारिता मार्फत कलाकारितामा कलम चलाइरहेका सञ्चारकर्मीलाई सम्मान गरिने भएको छ । कार्यक्रममा मोफसलदेखि राष्ट्रिय स्तरसम्म कलाकारितामा कलम चलेको भन्दै सुन्दरादेबी सन्देश साप्ताहिकको प्रकाशक किरण अधिकारीलाई पत्रकारिता सम्मान मार्फत सम्मान गर्ने आयोजकले जनाएको छ ।

विभिन्न चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने यो दशैँ धमका असोज ३१ गते महाष्टमीका दिन साझ चार बजेदेखि हुन गइरहेको छ । कार्यक्रममा हिमाल सगर, टीका प्रसाईं, योगेस काजी, तारावीर पाण्डे, प्रेम परियार, सन्तोस रजौरे, पबित्रा गुरुङ्ग, आकाश छेत्री, डान्सर रन्जिता पाण्डे बिभिन्न जादु र विभिन्न क्रीयु का आकर्षक नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार