तारकेश्वर नगरपालिका ११ नं. वडाको उद्घाटन

काठमाडौं,
आश्विन २६ ।

तारकेश्वर नगरपालिका ११ नं. वडाको उद्घाटन गरिएको छ । शुक्रबार तारकेश्वर नगरपालिका ११ नं. वडा नेपालटार विध्यवासिनी मन्दिरसँगै रहेको वडा कार्यलयकोे उद्घाटन गरिएको हो ।

वडा कार्यलयको नगर प्रमुख रामेश्वर बोहोरा, विशेष अतिथि उपप्रमुख भवानी डोटेल, वडा अध्यक्ष विन्दा बुढाथोकी, वरिष्ठ कलाकार उत्तम केसी र समाजसेवी ढक्कल ध्वज थापा अनि चित्रबरध्वोज थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

विन्दा बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रम वडा सदस्य रिता खडकाले सञ्चालन गरेकी थिइन भने वडा सदस्य सम्झना नेपालीले स्वागत र वडा सदस्य प्रज्जव विक्रम थापाले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा वडा नं. ८का मनोज घिमिरे, ९का बलराम सिटौला, १० का अमृत थापा, धनलाल महर्जन, प्रथम विक्रम थापा, राजुध्वज थापा, बाबुकृष्ण केसी, सञ्जु केसी, विना राना, सुदिप घिमिरे, कविराज बस्नेत, गौरव बस्नेत, श्याम बुढाथोकी, निर्मला शाक्य, उपेन्द्र लामिछाने, मिरा केसी, झंकनाथ घिमिरे, पुष्पबहादुर थापा, देवेन्द्र लामिछाने त्यस्तै कलाकार लक्ष्मण विक्रम वस्नेत, धु्रवराज खड्कालगायतका वडा वासीको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । यसअघि वडा नं. ८, ९, १० र ११ एकै ठाउँबाट सञ्चालनमा थिए भने अब वडा नं. ११ आफ्नै भवन निर्माण गरि सञ्चालनमा आएको हो ।

यसमा तपाइको मत

अन्य समाचार