राष्ट्रिय विशिष्ट साङ्गीतिक सम्मान तथा पुरस्कार-२०७५ वितरण

काठमाडौं,
आश्विन २५ ।

राष्ट्रिय विशिष्ट साङ्गीतिक सम्मान तथा पुरस्कार-२०७५ वितरण गरिएको छ । राष्ट्रिय नाचघरमा बुधबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, तथा साङ्गीतिक संघका अध्यक्ष मिलन मोक्तानले संयुक्त रूपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

नेपाल साङ्गीतिक संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कार-२०७५ मा पुष्प नेपाली विशिष्ट साङ्गीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार वरिष्ठ कलासाधक भोला जोशीलाई, शिवशंकर मानन्धर विशिष्ट साङ्गीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार सङ्गीत अन्वेषक बुलु मुकारुङलाई, फत्तेमान राजभण्डारी विशिष्ट साङ्गीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार गायक आनन्द कार्कीलाई, प्रदीप रिमाल विशिष्ट साङ्गीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार रत्नशमशेर थापालाई प्रदान गरियो ।

यसैगरी लालसमुन्द्रा बहुप्रतिभाशाली विशिष्ट साङ्गीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार सङ्गीतकार शम्भुजित बास्कोटालाई, मधुबाबु थापा विशिष्ट साङ्गीतिक सम्मान तथा १५ हजार रुपैयाँ पुरस्कार सङ्गीतसाधक कमल क्षेत्रीलाई, नेपाल साङ्गीतिक विशिष्ट सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार नृत्य निर्देशक वेद गुरुङलाई र कला पत्रकार साङ्गीतिक राष्ट्रिय सम्मान तथा १० हजार रुपैयाँ पुरस्कार पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार