सिनेमाघरमा ‘छक्का पञ्जा ३’

काठमाडौं,
आश्विन २४ ।

आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको छ वर्षको बहु-प्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ ।

सर्वाधिक सिनेमाघरमा प्रदर्शनमा आएको यो चलचित्रले मल्टिप्लेक्स हलमा अत्याधिक सोहरु पाएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउतलगायतको अभिनय रहेको छ । चलचित्रमा यसपटक गम्भीर विषयवस्तु उठाइएको निर्माण टिमको भनाई छ ।

यसमा तपाइको मत

अन्य समाचार