काठमाडौं,
आश्विन २२ ।
प्रशन्ना पाण्डेको स्वरमा ‘फूल मा देख्छु तिमी नै, जुन मा देख्छु तिमी नै…’ गीत सार्वजनिक भएको छ । नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा ‘फूल मा देख्छु तिमी नै, जुन मा देख्छु तिमी नै…’ सार्वजनिक भएको हो ।
गोबिन्दप्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका छन् । गीतको भिडियोमा कुमार रेग्मी र रिमा बिश्वकर्मालाई फिचरिङ गरिएको छ ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा विकास धमलाले सम्पादन गरेका हुन् । थुप्रै गीतमा स्वर दिएकी प्रशन्ना हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी थिइन ।






