नेपाल प्रज्ञा-प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनद्वारा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं,
आश्विन २० ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा चाँडै प्राज्ञ नियुक्ति हुनु पर्ने माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको ध्यानाकर्षण गराइएको छ ।

भदौ २० गतेदेखि नेतृत्वविहीन अवस्थामा रहेको प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ नियुक्ति नहुँदा दैनिक कार्यालय सञ्चालनमा समेत अप्ठेरो अवस्था सिर्जना भएको र पुनर्निर्माण कार्यमा सुस्तता आएको भन्दै नेपाल प्रज्ञा-प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनले शुक्रबार मन्त्रीलाई भेटी ध्यानाकर्षण गराएको संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारीले बताए ।

मन्त्रीसमक्ष योग्य, सक्षम र अनुभवी व्यक्तिलाई प्राज्ञिक नेतृत्व प्रदान गर्नु पर्ने माग गरेको कर्मचारी संगठन एकता कार्यदलका सदस्य समेत रहेका कर्मचारी संगठनका सदस्य रञ्जन घिमिरेले बताए । उनले भने, ‘हाम्रो अपेक्षा समयमै सबै पक्षलाई समेट्न सक्ने प्राज्ञिक नेतृत्व आओस् भन्ने हो ।’ मन्त्रीको ध्यानाकर्षण गराउन गएको टोलीमा संगठनका महासचिव उत्तमराज उपाध्याय, कोषाध्यक्ष कर्णबहादुर कुमाललगायत सम्मिलित थिए ।

यसमा तपाइको मत

अन्य समाचार