सुनिल गिरीको परदेशी (भिडियोसहित)

काठमाडौं,
आश्विन १८ ।

सुनिल गिरीको स्वरमा रहेको नयाँ गीत परदेशी (कस्तो यो मन भाग २) सार्वजनिक भएको छ । यो मन एल्बममा रहेको गीतको भिडियो सार्बजनिक भएको हो ।

गायक सुनिलकै शब्द र सङ्गीत रहेको गीतमा गोपाल रसाइलीको सङ्गीत सम्योजन रहेको छ । श्रेया शर्मा र गायक स्वयमले अभिनय गरेको उक्त गीतको भिडियोलाई दार्जिलिङ, सिक्किम, घान्द्रुक र जोमसोमलगायतका रमणीय ठाउँमा छायाँकन गरिएको हो ।

अनिल के मान्नधरले निर्देशन गरेको गीतको भिडियोलाई पवन सिम्खडाले छायाँकन र सीलन लम्सालले सम्पादन गरेका छन । को होला त्यो, देउराली भन्ज्याङ्, कस्तो यो मन भाग १ लगायतका गीतहरु बाटै दर्शकहरुको मन जित्न सफल गायक गिरीले यो गीतबाट अझै दर्शकको माया बढ्नेछ भन्नेमा बिश्वस्त रहेको बताए ।

यसमा तपाइको मत

अन्य समाचार