‘बोकेदारी’को भोजपुरी गीत ‘स्टाइल मारेलु’ (भिडियोसहित)

काठमाडौं,
आश्विन १८ ।

श्रीकृष्ण लुईंटेल ‘बोकेदारी’को भोजपुरी गीत ‘स्टाइल मारेलु’ सार्वजनिक भएको छ । ‘ए ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘तेरो बाउ थोते’, ‘डल्लेकी बहिनी’लगायत दजर्दनो हाँयस् विधाका चर्चित गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी)को ‘स्टाइल मारेलु’ भोजपुरी गीतको भिडियो सार्वजनिक भएको हो । हाँस्यसँगै सामाजिक सचेतनामूलक धेरै गीतहरुमा स्वर दिएका लुईंटेलको यो गीत सन्देशमुलक रहेको छ ।

श्रीकृष्णकै शव्द र सङ्गीत रहेको यो गीतमा सङ्गीत संयोजन डम्बर लिम्बूले गरेका छन । गीतको भिडियोमा श्रीकृष्णसँगै अनिशा ओली, केशव रायमाझी, विपिन प्रसार्इं, शोभिलाल मेचे, विशाल ढुंगाना र सविन मेचेलगायतका कलाकार देखिएका छन् ।

भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतलाई श्रीकृष्ण आफैंले निर्देशन गरेका हुन् भने हेमन तामाङले सम्पादन र राज सुब्बाले कोरियोग्राफर गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार