काठमाडौं,
आाश्विन १७ ।
महात्मा गान्धीको जन्मजयन्तिका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम भएका छन् । यसै मेसोमा गान्धीतुलसी स्मारक महागुठी केन्द्रिय कार्यलय काडाँघारिमा पनि महात्मा गान्धीकाको जन्मजयन्ति एक कार्यक्रमको आयोजनागरी मनाइएकाको छ ।
महिला तथा बालबालिका मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा गान्धीतुलसी स्मारक महागुठी केन्द्रिय कार्यलयमा गान्धीजयन्ति मनाइएको हो । सो अवसरमा दमननाथ ढुंगाना, प्रदिप गिरी, बिरेन्द्रप्रसाद मिश्र, केशबप्रसाद चौलागाइ, कृष्णमुरारी तिमल्सिना, डा. चिन्तामणी योगिले आ–आफ्नो बिचार राखेका थिए । स्वराज्य मेलमिलापका अभियन्ता केशबप्रसाद चौलागाइले गान्धिको स्वराज्य आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउदै वैदिक स्वराज्य र मेलमिलापको महत्व माथि प्रकाश पारेका थिए ।

नेपालकै प्रथम सामाजिक संस्थाका संस्थापक स्व. तुलसिमेहर श्रेष्ठज्युले भारतमा गान्धीसँगै समय बिताएर सेवा गरेकाले भारतसरकारले उहाँलार्इ जवाहरलाल नेहरु अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित गरेको थियो ।
आगमी दिनमा सातै प्रदेशमा गान्धिदर्शनलार्इ पुर्याउने कुरा संस्थाका महासचिब सुर्य ढकालले जानकारी गराए । सभापतिको आसनबाट बोल्दै संस्थाका अध्यक्ष उदयमोहन श्रेष्ठले गान्धीले गर्नुभएको योगदान का साथै तुलसी मेहर श्रेष्ठज्यु ले गर्नुभएको योगदान बारे प्रकाश पारेका थिए ।
संस्थाका पुर्बअध्यक्ष भद्राकुमारी घलेले संस्थालाइ अगाडि बढाउन सबै लाग्नुपर्ने कुरा बताइन । अतिथिहरुलाई प्रेम लामिछाने स्वागत गर्दै मन्तब्य राखेका थिए ।






