काठमाडौं,
आश्विन १६ ।
सर्जक तथा गायक बलबहादुर गुरुङको मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक भएको छ । गीतमा उनलाई निता गुरुङले साथ दिएकी छन् स्वरमा ।
गुरुङ संस्कृति जर्गेना गर्न पछिल्लो समय निकै सालैजो गीतहरु बजारमा आएका छन् । सोही क्रममा गायक बल बहादुर गुरुङले मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक गरेका हुन् । ‘हिमाली पाखा’लाई प्रसाद सप्तरी मगरले लेखेका हुन् भने लय पनि उनले नै भरेका हुन् भने डोलराज बारघरे मगरले सङ्गीत संयोजन गरेका छन् ।
मनाङ गुरुङले निर्देशन गरेको गीतको भिडियोमा मोडल याम गुरुङ, खेम गुरुङ, एलिना गुरुङ र रेनु पुनको अभिनय तथा नृत्य रहेको छ । करन चैसिरले छायांकन गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।
https://www.youtube.com/watch?v=BGTP_2C9Fb4






