तीनवटा कार्यक्रमसँगै

काठमाडौं,
आश्विन १४ ।

नेपालभाषाको चलचित्र क्षेत्रमा नन् स्टप चलचित्र मेकरका रुपमा चिनिएका निर्माता, निर्देशक बाशु शाहीको चलचित्र निर्माण संस्था कल्प चलचित्र प्रोडक्शनको आयोजनामा शनिबार एकै थलोका तीन वटा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको पुर्णचण्डी भ्वय् छेँमा भएको सो कार्यक्रममा चलचित्रकर्मी बाशु शाहीको नयाँ चलचित्र ‘क्या फसाद’ को शुुभ साइत सम्पन्न गरिएको थियो ।

यसका साथसाथै बाशु शाहीको ‘वाया दुने जाकी दु’ (धानभित्र चामल) चलचित्रको सफल भएको अवसरमा सो चलचित्रका कलाकार, प्राविधिक र सहयोगीहरुलाई धन्यवाद स्वरुप मायाको चिनो प्रदान गरिएको थियो भने सोही कार्यक्रममा ‘एकसे एक’ नामक चलचित्रको डिभिडी चक्काको विमोचन पनि गरिएको थियो ।

‘एकसे एक’ चलचित्रका निर्माता र निर्देशक पनि बासु शाही स्वयम् हुन् । निर्माता, निर्देशक, लेखक एवम् अभिनेताका रुपमा समेत निरन्तर आफ्नो यात्रा अगाडी बढाई रहेका बासु शाहीले ‘एकसे एक’लगायत बीस वटाको सङ्ख्यामा चलचित्र बनाइसकेका छन् ।

हेटौंडाका उद्योग व्यवसायी एवम् समाजसेवी ज्योतिरत्न बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी बज्राचार्यले ‘वाया दुने जाकी दु’ सफलताको चिनो स्वरुप मायाको चिनो प्रदान गरेका थिए भने ‘एकसे एक’चलचित्रको डिभिडी विमोचन समेत गरेका थिए ।

आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी बज्राचार्यले एकै थलोमा आयोजित तीन वटा कार्यक्रममा प्रमुख अतिथी हुन पाउँदाको खुशी व्यक्त गरेका थिए ।

यस्तैगरी विशेष अतिथीका रुपमा रहनु भएका नेपालभाषाका प्रथम चलचित्र पत्रकार मानिने विजयरत्न असंबरे र नेवाः एचडी टेलिभिजनका प्रमुख नबीन जोशीलगायतका वक्ताहरुले पनि मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार