‘शान्ति’का आए पहिलो नजर जुध्यो र बलेसीमा पानी खस्यो

काठमाडौं,
आश्विन १४ ।

मंसिर १४ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको चलचित्र ‘शान्ति’को दुई गीत सार्वजनिक गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको दुई गीत ‘बलेसीमा पानी खस्यो’ र ‘पहिलो नजर जुध्यो’ बोलको गीत शनिवार राजधानीमा पत्रकारमाझ सार्वजनिक गरिएको हो ।

‘बलेसीमा पानी खस्यो’ गीतमा दिनेश लिङदेन र ‘पहिलो नजर जुधेपछि’मा हरि उप्रेतीको शब्द छ । चलचित्रका निर्देशकसमेत रहेका दिनेशका अनुसार चलचित्रले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गर्नेछ ।

चलचित्रमा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । फिल्ममा विकास चौधरीको सङ्गीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।

पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ चलचित्र हो । शान्ति वखिम थेबे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको चलचित्रमा कविता राई लिङ्देन प्रस्तुतकर्ता रहेकी छिन् ।

यसमा तपाइको मत

अन्य समाचार