काठमाडौं,
आश्विन ९ ।
सामाजिक कथा बोकेको चलचित्र ‘अनुग्रह’ले प्रदर्शन मिति घोषणा गरेको छ । आगामी कात्तिक महिनाको १६ गतेबाट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने बताए वितरक सरोज शर्माले । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ ।
निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँलाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । सिनेमामा राजु दोङ्ग, ज्ञानेद्र गिरी र ड्रोकास बिश्वा सहनिर्माताको रुपमा रहेका छन् ।
विक्रम डीसीको छायांकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको सङ्गीत रहेको सिनेमाको एक गीत र पोष्टरसँगै सिनेमा प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ । युवा पुस्ता लक्षित फिल्ममा बाल कलाकार क्रिस्टिना सेन्चुरीको समेत भूमिका छ ।
https://www.youtube.com/watch?v=1RlRq3ctLTU






