झापा
आश्विन ८ ।
झापामा पहिलोपटक ‘बिर्तामोड रनवे २०१८ विथ म्युजिकल नाइट’ हुने भएको छ । इन्नोभेटिभ मार्केटर्सले आयोजना गरेको यस कार्यक्रम सौन्दर्य प्रतियोगितामा मात्र सिमित नभई विशेष आकर्षण सहित भरपुर मनोरञ्जन दिने उद्देश्य रहेको इन्नोभेटिभ मार्केटरका एमडी आशिष भण्डारी बताउँछन् ।
मोडलिङ अन्र्तगत रनवेसँगै विशेष आकर्षणको रुपमा अहिलेका यूवा ढुकढुकी गायक स्वपन सुमन र नायिका परमिता रानाको बेजोड प्रस्तुति रहने भण्डारीले जानकारी दिए ।
मोडलिङलाई जोडेर विभिन्न टाइटलमा प्रतियोगिताहरु आयोजना भएपनि खासगरी र्याम्प वाक, रनवे लगायतका कन्सेप्ट र यसलाई म्यूजिकल नाइटसँग समायोजन गरी नयाँ शैलीको कार्यक्रम पहिलोपटक बिर्तामोडमा हुन लागेको इभेन्टका संयोजक कमल सेडाइँ बताउँछन् ।
आगामी असोज १८ गते बिर्तामोडको होटल ग्रयाण्ड पिसमा सम्पन्न हुने यस कार्यक्रमको अहिले छनौट चरण सम्पन्न भईसकेको छ । हाल ग्रुमिङ अनि ट्रेनिङका कक्षाहरु चरणबद्ध रुपमा अघि बढिरहेको र खासगरी विजेतालाई पुरस्कारको प्रलोभन मात्र नदेखाई ब्यावसायिक रुपमा मोडलिङ र ग्लयामरको क्षेत्रमा स्थापित गराउने प्रमुख उद्देश्य रहेको आयोजकतर्फका सन्जय बस्नेतले जानकारी दिएका छन् ।






