अमेरिकाको बाल्टीमोरमा तुँवालोको प्रिमियर

काठमाडौं,
आश्विन ८ ।

नेपाली कथानक चलचित्र तुँवालोको अमेरिकाको बाल्टिमोरमा प्रिमियर शो गरिएको छ । बाल्टीमोरमै चलचित्रको २ वटा शो भइसकेको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथासँगै बैदेशिक रोजगारको कथालाइ पनि समेटेको निर्माता गिरिप्रसाद सुनार बताउछन् ।

चलचित्रको प्रिमियर समारोहमा चलचित्रका निर्माता तथा कलाकार गिरीप्रसाद सुनारलाइ नासो संस्थाका तर्फबाट सम्मान गरिएको थियो । मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतलगायतले सम्मान गरेका थिए ।

बिभिन्न किसिमका सामाजिक भेदभावको बिषयमा केन्द्रित भएकोले यो चलचित्रको प्रिमियम शो बाल्टिमोरमा गरिएको नासोका अध्यक्ष गोपाल विश्वकर्माले बताएका छन् । प्रिमियर शोमा चलचित्रले उठाएको बिषय र चलचित्रको प्रस्तुतिले तारिफ बटुलेको निर्माता सुनारले जानकारी दिए ।

दीपक परियारको निर्देशन रहेको चलचित्रमा सुशील क्षेत्री, पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरीप्रसाद सुनार भिमसेन श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाइ भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । नेपालमा भने चलचित्र बैसाखमा रिलिज हुने छ ।

यसमा तपाइको मत

अन्य समाचार