नेपाल इन्भेष्टमेण्ट बैङ्कको बाफलमा नयाँ शाखा

काठमाडौं,
आश्विन ५ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ । शाखाको बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

विशेषत कलङ्की तथा सितापाइला आसपासका स्थानीयलाई वित्तिय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा सञ्चालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो । नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.को यो सहित ७७ वटा शाखा रहेको छ ।

सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैङ्कले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको हो ।

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैङ्क लि.को १ सय ३ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैङ्कको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व सङ्कलन केन्द्रका साथै बैङ्कको सञ्जालमा ७ सय ९० बढी भिसा तथा एनपिएन सदस्य बैङ्कका एटिएम रहेको छ ।

भर्खरै यूरोमनि अवार्ड-‘उत्कृष्ट बैङ्क नेपाल-२०१८’ जितेको बैङ्कले पाँच पटकसम्म ‘बैङ्क अफ द इयर’ अवार्ड प्राप्त गरिसकेकोे छ ।

यसमा तपाइको मत

अन्य समाचार