काठमाडौं,
आश्विन ३ ।
चलचित्र छक्का पन्जा-३ अफिसियल पोस्टर सार्बजनिक भएको छ । ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको चलचित्र ‘छक्का पञ्जा ३’को पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
यस अघि चलचित्रका गीत ‘पहिलो नम्बर’ र पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छू सार्वजनिक भइसकेको छ । पोस्टरमा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका सबै कलाकारहरुको अनुहार समेटिएको छ ।
चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतलगायतका कलाकारले मुख्य भूमिका निभाएका छन् ।
दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दीपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दीपकराज गिरीले जानकारी दिएका छन् ।






