मिस मङ्गोलको उपाधि जाङमुलाई

काठमाडौं,
आश्विन ३ ।

पुर्वी नेपालको संखुवासभा जिल्लाकी जाङमु शेर्पाले मिस मङ्गोल नेपाल २०१८ को उपाधि जितेकी छन् । प्रतियोगितामा गोर्खाकी प्रीति गुरुङ र सोलुखुम्बुकी पुनम शेर्पा क्रमशः फस्ट र सेकेन्ड रनरअप घोसित भए । मिस लिडरसिपसहित शिर्ष उपाधि चुमेकी जाङमु, फस्ट रनरअप प्रीति र सेकेन्ड रनरअप पुनमले थाइल्याण्डका लागि पाँच दिने प्याकेज टुरको अवसर प्राएका छन् ।

एक्सन इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित मिस मङ्गोल नेपालको यो दसौं संस्करण हो । शेर्पा समुदायका प्रतियोगीले मिस मङ्गोल नेपालको उपाधि जितेको यो पहिलो पटक हो । प्रतियोगितामा ललितपुरकी अस्मिता बज्राचार्य मिस ट्यालेन्ट, सुनसरीकी समिक्षा राई मिस पब्लिक च्वाइस, काठमाडौंकी इरोसा थापामगर मिस बेस्ट हेयर, बुटवलकी सुमी थापा मिस पर्सनालिटी र नुवाकोटकी रक्षा थिङ मिस फोटोजेनिक घोसित भए ।

प्रतियोगितामा आइडियल इङलिस हाइस्कुलका निर्देशक पुर्ण लामा, चलचित्र निर्देशक उदय सुब्बा, सङ्गीतकार शान्तिराम राई, व्यावसायी फुपुतेन्जिङ सेर्पा, पूर्वमिस मङ्गोल डा. एनिस्ता गुरुङ, गायिका मेनुका राई र शिक्षासेवी शिवहरी अधिकारी निर्णायकमण्डलमा थिए । रीता राई दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा सङ्गीतकार टिका बोम्जन, हास्यकलाकार राजेन्द्र गिरी, नृत्याङ्गना रिद्धिमा राईले आआफ्नो रोमाञ्चक प्रस्तुति दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार