यस्तो छ बाँधमायालेको सँगसँगै

काठमाडौं,
भाद्र ३१ ।

असोज पाँच गतेदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘बाँधमायाले’को तेस्रो गीत सँगसँगै‘ सार्वजनिक भएको छ । अभिनेत्री सृष्टि श्रेष्ठ र नव अभिनेता किशोर खड्काको अभिनय रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
यो भिडियोको कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन् ।

अर्जुन पोखरेलको सङ्गीत रहेको यो गीतमा अञ्जु पन्त र सुगम पोखरेलले सुमधुर स्वर दिएका छन् । गीतको शब्द पनि सङ्गीतकार पोखरेलकै रहेको छ ।

गीतलाई दर्शकले निकै मन पराएको यसका निर्देशक सविर श्रेष्ठको भनाइ छ । यो चलचित्रमा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, नव अभिनेता किशोर खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रबिनप्रताप सेनको अभिनय रहेको निर्देशक श्रेष्ठले जानकारी गराए । रामहरी धिताल, विभिषिका श्रेष्ठ, केदार धिताल र महेन्द्र अधिकारीले यो चलचित्र बनाएका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार