जुनी जुनी लार्इ कभर सङ्गसका विजेतालााई पुरस्कार

काठमाडौं,
भाद्र २६ ।

‘केबीए ग्लोबल जुनी जुनी लार्इ अनलाइन कभर सङ्गस कम्पिटिसन २०७५’को बिजेता तथा उप बिजेतालाई पुरस्कार प्रदान गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनका बिजेता लार्इ पुरस्कार प्रदान गरिएको हो ।

सङ्गीतकार टिका दाहालको सङ्गीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा नेपाल आइडलका टप बाह्रमा पुग्न सफल गायक राहुल बिश्वाश र गायिका सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गरिएको थियो ।

कम्पिटिसनमा बिजेता हुन सफल झापाकी मुना सोरेन र उप बिजेता हुन सफल इटहरीका सपन श्रेष्ठलाइ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

बिजेताले नगद पचास हजार र उप बिजेताले नगद पच्चीस हजार प्राप्त गरेका छन् । उक्त पुरस्कार कम्पिटिसनका निर्णायक कमल खत्री, गीतका शब्द रचनाकार बिष्णुबाबु देबकोटा, गायिका सन्ध्या जोशी र केबीए ग्लोबलका मेनेजर ओमबहादुर कार्कीको हातबाट प्रदान गरिएको थियो । बिजेता र उप बिजेतालाइ एक एक वटा गीत रेकर्ड गराईदिने पनि उक्त कार्यक्रममा जानकारी गराइयो ।

लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका सङ्गीतकार टिका दाहालको सङ्गीतमा बनेको गीत निर्माणमा अस्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन् । कभर कम्पिटिसनका लागि पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको हो । केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ ।

अस्ट्रेलियाको सिड्नी, डार्विन, पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौं, चितवन, बुटवल, नेपालगंज, पोखरा र बनेपामा कार्यालय सञ्चालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार