काठमाडौं,
भाद्र २५ ।
सिद्दि मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न भएको छ ।
करिब दुई दर्जन बालबालिका प्रतिश्प्रधा गर्न लागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक अमित शाह बताउछन् ।
चाडैनै प्रतिस्पर्धी बालबालिकाहरुको अभिभाबकहरुलाई समेत उपस्थित गराएर बालबालिकाहरुको मनोबैज्ञानिक तरिकाले उनीहरुको चौतर्फी बिकाशमा सहयोग पुग्ने तरिकाले प्रशिक्षण प्रदान गरिने कुरा शाह बताउछन ।
ओरेन्टेसन क्लास फेशन डिजाईनर काजल शर्मा, समाजसेवी निकिता पाण्डे, गायिका बसन्ता प्रकृति र रमेश मास्केको उपस्थितिमा सम्पन्न भएको थियो ।
प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ २५ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा कोरियोग्राफर ट्रेनर आशिष मिश्रबाट प्रतिस्पर्धिहरुलाई उनीहरुको बाल मनोबैज्ञानिक पहिचान गरि आफ्नो क्षमता, दक्षता तथा बालबालिकाको इच्छा रुचिलाइ मध्यनजर गरेर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।






