काठमाडौं,
भाद्र २१ ।
विश्वराम कार्कीको ‘म त मर्छु होला…’ गीत सार्वजनिक भएको छ । सुदिप सापकोटाको शब्द रचना रमेश श्रेष्ठ (मेलोडी)को सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा कविता, गायक विश्वराम कार्की र जीवनको अभिनय रहेको छ । माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई आषिश बस्नेतले छायांकन गरेका छन् ।






